Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सशस्त्र प्रहरीद्वारा विराटनगरमा ३६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद

उद्‌घोष संवाददाता
२० असार २०८३, शनिवार

Advertisement

विराटनगर । मोरङको विराटनगरका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले करिब ३६ लाख ९ हजार रुपैयाँ बराबरका अवैध रूपमा भित्र्याइएका औषधि तथा खाद्य सामग्री बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङबाट खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१ स्थित बरगाछी क्षेत्रमा सडक छेउमा लोड गर्न तयारी अवस्थामा राखिएको सामानमा शंका लागेपछि जाँच गरेको थियो ।

जाँचका क्रममा बजार मूल्य (एमआरपी) अनुसार करिब ३० लाख ८४ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन औषधि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको औषधि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै, दरैया र मटेरुवा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरेको दुई वटा सिटी सफारीमा लोड गरिएको डाल्डा घ्यू र २० प्याकेट पुटिन समेत बरामद गरिएको छ । उक्त सामग्री तथा सवारी साधनसहित करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा राजस्व छलि नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ ।

View : 28

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved