विराटनगर । नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सीजीले यस वर्षको प्रचण्ड गर्मीलाई लक्षित गरी आफ्नो डेजर्ट कुलर श्रेणीमा अहिलेसम्मकै अत्याधुनिक र शक्तिशाली रेञ्ज फ्रोस्लाइन बजारमा ल्याएको छ ।
कम्पनीको नयाँ वार्षिक अभियान एक्सपेरियन्स लाइफ वीथ सीजी अन्तर्गत सार्वजनिक गरिएको सो नयाँ सिरिजले नेपाली उपभोक्तालाई गर्मीको कष्टबाट राहत दिंदै एक आरामदायी र शीतल जीवनको अनुभव गराउने लक्ष्य राखेको छ ।
सीजीले यस वर्ष ग्राहकहरूको अत्यधिक माग र आधुनिक घरहरूको आवश्यकतालाई ध्यानमा राख्दै आफनो डेजर्ट कुलर पोर्टफोलियोमा बिल्कुलै नयाँ फ्रोस्टलाइन रेञ्ज थप गरेको छ ।
जसमा विशाल ट्याङ्की फ्रोस्टलाइन (११० लिटर र ९५ लिटर) बजारमा उपलब्ध कुलरहरूमध्ये सबैभन्दा ठूलो क्षमता, जसले पटक–पटक पानी भर्ने झन्झटलाई सदाका लागि अन्त्य गर्दछ ।
अर्को विशेषता भनेको मिड–रेन्ज मास्टर (फ्रोस्टलाइन ७५ लिटर र ५५ लिटर) सानो र मध्यम कोठाहरूमा शक्तिशाली कुलिङका साथै कम बिजुली खपत गर्ने पारिवारिक रोजाइमा पर्छ ।
नेपाली बजारमा सीजीका कुलरहरू आफनो कार्यक्षमता र टिकाउपनका कारण विगतदेखि नै अत्यन्तै लोकप्रिय छन् ।
सीजीले ग्राहकको फरक–फरक आवश्यकतालाई ध्यानमा राख्दै डेजर्ट कुलर (डेजर्ट कुलर), कमर्सियल कुलर (कमर्सियल कुलर), पर्सनल कुलर (पर्सनल कुलर), टावर कुलर (टावर कुलर) र विन्डो कुलर गरी ५ विधामा कुल २८ वटा मोडलहरू बजारमा उपलब्ध गराएको छ । ती कुलरहरू २२ लिटरदेखि १२५ लिटर सम्मको विशाल क्षमतामा उपलब्ध छन् ।
नेपाली बजारले पहिलेदेखि नै ती २८ वटै मोडलहरूलाई अत्यन्तै रूचाएको र विश्वास गरेको कम्पनीले जनाएको छ । यस वर्ष डेजर्ट कुलरमा थपिएको नयाँ फ्रोस्टलाइन रेञ्जले सीजीको कुलर पोर्टफोलियोलाई अझै मजबुत र पूर्ण बनाएको छ ।
View : 80
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved