विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयले शिक्षक र कर्मचारीहरुलाई सपथग्रहण गराएको छ । प्राविधिक विश्वविद्यालयले आफनो सेवा बिस्तारका लागि स्थायी र नयाँ नियुक्त भएका र बढुवा भएका २७ शिक्षक र कर्मचारीहरुलाई सपथग्रहरण गराएको हो ।
मोरङ बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहीबार आयोजना गरेको सपथग्रहण कार्यक्रममा स्थायी र बढुवा हुने २१ जना र खुल्लाबाट पदपूर्ति भएका ६ जना नयाँ अधिकृतहरुले नियुक्ति पत्र लिएर आफन्तको उपस्थितिमा सपथ लिएका हुन् ।
स्थायी हुने र बढुवा भएका अनि नयाँ कर्मचारीहरुलाई विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुयालले नियुत्तिपत्र प्रदान गरि सपथग्रहण गराएका थिए । सपथ समारोहमा पूर्व समाजिक विकासमन्त्री तथा विश्वविद्यालयका संरक्षण समिति सदस्य जीवन घिमिरे, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल लगायतले कर्मचारीहरुले प्रतिस्पर्धी र सृजनशील बनेर काम गर्न सकेमात्र विश्वविद्यालयको स्तरोन्नति हुनसक्ने बताए ।
View : 337
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved