Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

न्यूरो अस्पतालद्वारा ‘पक्षघात’ उपचारमा विशेष सेवा र छुटको घोषणा

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८२, शुक्रवार

Advertisement

विराटनगर । विश्व पक्षघात दिवसको अवसर पारेर बिहीबार विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी अस्पतालले पक्षघात (स्ट्रोक) सम्बन्धी जनचेतना अभिवृद्धि र उपचारमा सहयोग पु¥याउन विशेष सेवा तथा आकर्षक छुटका कार्यक्रमहरू घोषणा गरेको छ ।

२५ वर्ष अघि वरिष्ठ कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार बिष्टले स्नायू सेवाबाट स्थापना गरेको सो  अस्पतालले पक्षघातका बिरामीहरूको हेरचाहका लागि छुट्टै र अत्याधुनिक डेडिकेटेड स्ट्रोक वार्डको व्यवस्था गरेको छ ।

अस्पतालले हालसम्म कोशी र मधेश प्रदेशका साथै भारतका विभिन्न क्षेत्रबाट आएका  १५ हजार भन्दा बढी स्ट्रोकका बिरामीहरूलाई सफलतापूर्वक उपचार प्रदान गरिसकेको छ, जसले यसलाई न्युरोलोजिकल सेवामा एक विश्वसनीय नामका रूपमा स्थापित गरेको छ । 

अक्टोबर २९  मनाइने विश्व पक्षघात दिवसको अवसरमा अस्पतालले घोषणा गरेका प्रमुख सेवा तथा छुटका कार्यक्रमहरूमा स्ट्रोक स्क्रिनिङ प्याकेजहरूमा विशेष छुट, पक्षघात जाँच पड्ताल प्याकेजहरूमा १० प्रतिशत छुट, पक्ष्ँघात, मस्तिष्कघात पश्चातको पुनस्र्थापना सेवामा आकर्षक योजना, न्युरो कार्डियो कम्बो प्याकेज र अभिभावक विशेष योजना र जनचेतना र निःशुल्क सेवाहरू छन् ।

पक्षघात जाँच प्याकेजहरूमा विशेष छुट अन्तर्गत पक्षघातका प्रमुख जोखिम कारकहरू उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल आदि पत्ता लगाउन अस्पतालले आधारभूत, विस्तृत र उन्नत गरी तीन प्रकारका जाँच पड्ताल प्याकेजहरू ल्याएको छ । 

यी प्याकेजहरूमा रक्तचाप, चिनीको मात्रा, लिपिड प्रोफाइल, ईसीजी., कारोटीड डोप्प्लर र मस्तिष्कको एमआरआई जस्ता महत्त्वपूर्ण परीक्षणहरू समावेश छन् ।

पक्षघात जाँच पड्ताल प्याकेजहरूमा १० प्रतिशत छुट र विशेष छुट 

४० वर्षभन्दा माथिका बिरामीहरू वा विगतमा पक्षघात, मष्तिस्कघात भएका बिरामीका परिवारका सदस्यहरूलाई यी जाँच प्याकेजहरूमा थप २५ प्रतिशत विशेष छुटको व्यवस्था गरेको छ ।

पक्षघात पश्चातको पुनस्र्थापना सेवामा आकर्षक योजना अन्तर्गत पक्षघात पश्चातको जीवनशैलीलाई सहज बनाउन र बिरामीको पूर्ण निको नभएसम्ममा सहयोग पु¥याउनका लागि फिजियोथेरापी सेवामा ३० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ ।

न्युरो कार्डियो कम्बो प्याकेज र अभिभावक विशेष योजना अन्तर्गत मुटु र स्नायु प्रणाली दुवैको स्वास्थ्य परीक्षण गर्न चाहनेहरूका लागि विशेष न्युरो कार्डियो कम्बो प्याकेज प्रस्तुत गरिएको छ । 

सो प्याकेज अन्तर्गत आफ्नो अभिभावक लिएर आउने परिवारका दोस्रो सदस्यलाई ५० प्रतिशत छुट दिइनेछ, जसले परिवारका सदस्यहरूलाई एकसाथ स्वास्थ्य सेवा लिन प्रोत्साहन गर्नेछ ।

सप्ताहव्यापी निशुल्क सेवा दिने

जनचेतना र निःशुल्क सेवाहरूमा विश्व पक्ष्ँघात दिवसमा सप्ताहभरी केही निःशुल्क सेवाहरू उपलब्ध हुनेछन् । निःशुल्क रक्तचाप र रगतमा चिनीको मात्रा परीक्षण गरिने छ । 

पक्षघातका उपचारार्थ बिरामीहरूका लागि निःशुल्क परामर्श सेवा दिने र विराटनगर महानगरभरि पक्षघातका आकस्मिक बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने जनाएको छ ।

अस्पतालले सम्पूर्ण जनसमुदायलाई यी विशेष सेवा तथा छुटको लाभ लिन र पक्ष्ँघात सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएर एक स्वस्थ समाज निर्माणमा योगदान पुर्याउन हार्दिक अनुरोध गरेको छ ।

View : 480

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved