Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

वृहत खानेपानीको साधारणसभा सम्पन्न

उद्‌घोष संवाददाता
१ असार २०८२, आइतवार

विराटनगर । विराटनगर वृहत खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, विराटनगर–१२ को दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बिराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले गरेका थिए ।

विराटनगर वडा नम्वर ११ र १२ का सात सय ५० घरधुरीमा पानी वितरण गरी रहेको समितिले आगामी दिनमा थप घरमा  शुद्ध खानेपानीको सेवा बिस्तार गर्दै जाने  बताएको छ ।

२०६५ सालदेखि सञ्चालनमा आएको सो खानेपानी समितिको सञ्चालकमा तुलबहादुर श्रेष्ठ, भवानी श्रेष्ठ पश्चात भोला बराल अध्यक्ष रहेको सञ्चालक समितिले काम गर्दै आएका छ ।

कार्यक्रममा सचिब राधेश्याम कट्टेल, कोषाध्यक्ष गणेश निरौलाले पेश गरेको प्रतिवेदन साधारण सभाले सर्वसम्मतले पारित गरेको थियो । साधारण सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लेखहरि भट्टराईले सातबुँदे सकारात्मक पक्ष र १४  बुँदा सुधार गर्नुपर्ने  कुरा बताए थिए ।

साधारणसभामा विराटनगर–१२ का कार्यवाहक वडाध्यक्ष कुशेश्वर राजबंशीले शुद्ध पिउने पानीका लागि आफूले सहयोग पुर्याउने बताउँदै पानी जीवन हो त्यसैले आवश्यकता अनुसार बजेट छुट्याउने बताए । राजवंशीले ११ र १२ वडाका सार्वजनिक स्थलमा निःशुल्क पिउने पानीको ब्यबस्था गर्ने बताए ।

साधारण सभामा पत्रकार माधव अधिकारी, मानगढ खानेपानी आयोजनाकी उपाध्यक्ष सावित्रा पोखरेल लगायतले शुभकामना दिएका थिए ।

View : 659

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved