Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्णको मूर्तिको प्राण प्रतिष्ठा

उद्‌घोष संवाददाता
२५ माघ २०८२, आइतवार

विरारटनर । विराटनगर–१६ बर्माटोलमा निर्माण गरिएको मन्दिरमा राधाकृष्णको मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ । मन्दिर परिसरमा आयोजित विशेष कार्यक्रममा राधाकृष्णको युगलजोडी मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो ।

लक्ष्मीनारायण मन्दिरका पीठाधिश स्वामी अच्यूत प्रपन्नाचार्यले वैदिक तथा शास्त्रीय परम्पराअनुसार उक्त मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठा गरे । 

मन्दिरमा भगवान राधाकृष्णसँगै मन्दिर परिसरमै अष्ट चिरिञ्जीवी र पाञ्चायन देवताको मूर्ति समेत स्थापना गरी प्राण प्रतिष्ठा गरिएको छ । प्राण प्रतिष्ठा अघि राधाकृष्णको मूर्तिलाई वडा परिक्रमा सहित पाँच दिनसम्म विविध धार्मिक कार्यक्रम आयोजना गरिएको थियो ।

स्थानीय बिराट भजन समूहको अगुवाइमा प्रहरी तालिम केन्द्रको दक्षिणपूर्व स्थित बर्माटोलमा भगवान राधाकृष्णको मन्दिर तथा सामुदायिक भवन निर्माण गरिएको हो । 

एकतले भवनको माथिल्लो तल्लामा मन्दिर स्थापना गरिएको छ भने भवनको भुइँतलालाई सामुदायिक भवनको रुपमा प्रयोग गरिने बताइएको छ ।

View : 142

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved