Biratnagar, Morang, Nepal
२४ पुष २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

नेपाल-तिब्बत सीमानामा गएको ७ म्याग्निच्युड माथिको भुकम्पले हल्लायो दिल्लीसम्म

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालले भुकम्पले अहिलेसम्म कोशी प्रदेशमा क्षति गरेको सुचना प्राप्त नभएको जानकारी दिएका छन् ।
उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । मंगलबार विहान करीव ६ बजेर ५० मिनेट आसपासमा गएको ७ म्याग्निच्युडको भुइँचालो गएको छ । भुइँचालो नेपालभरी नै महसुस भएको छ । 

भुकम्पसम्बन्धि जानकारी दिने विभिन्न आधिकारिक अन्तर्राष्ट्रिय मापन केन्द्रहरूका अनुसार यसको केन्द्रविन्दु नेपाल र तिब्बत सीमाना क्षेत्र रहेको छ । 

भुइँचालो कम्तिमा पनि ७ रेक्टर स्केलभन्दा माथि रहेको अन्तर्राष्ट्रिय भुकम्प मापन केन्द्र इएमएससीले उल्लेख गरेको छ । अमेरिकी भुकम्प मापन केन्द्रले ७ दशमलव १ म्याग्निच्युडको भुकम्प गएको जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालका अनुसार अहिलेसम्म कोशीमा भुकम्पले क्षति गरेको सुचना भने प्राप्त भएको छैन ।

यसैबीच, भुइँचालोले भारतको राजधानी दिल्लीसम्मै हल्लाएको छ । भारतीय टेलिभिजनहरूले समेत ‘दिल्ली मे भुकम्पके बडे झड्के’ भन्दै हेडलाइन कुदाएका छन् ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भिम दाहालका अनुसार भुकम्पले अहिलेसम्म कोशी प्रदेशमा क्षति गरेको सुचना प्राप्त नभएको जानकारी दिएका छन् ।

View : 104

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved