Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

झापा–५ बाट रास्वपाका वरिष्ठ नेता शाह निर्वाचित

उद्‌घोष संवाददाता
२३ फागुन २०८२, शनिवार

झापा । झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले केहिबेर अघि घोषणा गरेको अन्तिम मतपरिणाम अनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । 

रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले पनि झापा-५ मा देशभरको राजनीतिक चासो थियो ।

काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख तथा रास्वपाका वरिष्ठ नेता शाह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा थिए ।

ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ प्राप्त गरेका छन् ।

झापा-५ मा श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २३३, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १ हजार ८२१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौलाले १ हजार ५३६ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता रहेकामा १ लाख छ हजार ५६८ मत खसेको थियो ।

View : 41

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved