उदयपुर । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ । गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा पत्रकार काफ्लेको निधन भएको नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सचिव तुलसीप्रसाद कोइरालाले जानकारी दिए ।
काफ्लेले २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारी सम्हालेका थिए ।
काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गर्दै पत्रकारितामा योगदान पुर्याएका थिए । उनी विगत एक वर्षदेखि गम्भीर बिरामी भई अचेत अवस्थामा रहेका थिए ।
काफ्लेको निधनले नेपाली पत्रकारिता जगतमा अपुरणीय क्षति व्यहोरेको महासंघले जनाएको छ ।
स्वर्गीय काफ्लेको श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ ।
View : 36
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved