Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

तीन बर्षदेखि वेपत्ता छन् कटहरी-३ का रामप्रसाद राजवंशी

वेपत्ता युवक पढ्न लेख्न नजान्ने तथा बोली सम्बन्धि समस्या रहेको परिवारजनले बताएका छन् । छोरालाई लिएर जाने फर्मेस बेलाबेलामा घर आउने जाने गरिरहे पनि उनले रामप्रसाद आफ्नो सम्पर्कमा नरहेको बाहेकका जानकारी दिन नचाहेको बेपत्ता युवककी आमा ६० बर्षीया जानकीदेवी राजवंशीले बताइन् ।
उद्‌घोष सम्वाददाता
२३ माघ २०८०, मङ्गलवार

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका ३५ वर्षीय एक युवक वेपत्ता भएको ३ बर्षसम्म फेला नपर्दा परिवारजनले खोजतलासको अपील गरेका छन् ।

कटहरी–३ का ३५ वर्षीय रामप्रसाद राजवंशी २०७७ साल यता वेपत्ता छन् । अति विपन्न परिवारका उनलाई छिमेकी फर्मेस भन्ने रोकी राजवंशीले काममा लगाइ दिन्छु भन्दै कटहरीबाट हेटौडा लिएर गएको र त्यसयता उनि वेपत्ता भएको परिवारजनले बताएका छन् । पीडित परिवारले मंगलबार पत्रकार सम्मेलनको गर्दै वेपत्ताको खोजिमा सहयोग गरिदिन अपिल गरेका छन् । 

घटनाको बिषयमा जानकारी दिदै बेपत्ता युवकका बाबु ६५ वर्षीय कल्पनाथ राजवंशीले आफ्नो छोरालाई छिमेकी फर्मेसले २०७७ साल कात्तिक ३ गते काममा लगाई दिन्छु भन्दै फकाएर लिएर गएकोमा त्यसयता छोरा सम्पर्कविहीन भएको बताए ।

छोरालाई घरैबाट रोजगारीका लागि लिएर गएको फर्मेसले अहिले छोरा कुन ठाउँमा र कस्तो अवस्थामा छ भन्ने समेत बताउन नचाहेको बाबु कल्पनाथले बताए । उनले छोरा वेपत्ता भएको बिषयमा सम्बन्धित निकायमा गुहार्दासमेत छोरा फेला पार्न नसकेपछि सञ्चारजगत सामु गुहार माग्न आइपुगेको बताए । 

वेपत्ता युवकका ४ वर्षीय र ११ वर्षीय २ छोरा र श्रीमती छन् । वेपत्ता युवक पढ्न लेख्न नजान्ने तथा बोली सम्बन्धि समस्या रहेको परिवारजनले बताएका छन् । छोरालाई लिएर जाने फर्मेस बेलाबेलामा घर आउने जाने गरिरहे पनि उनले रामप्रसाद आफ्नो सम्पर्कमा नरहेको बाहेकका जानकारी दिन नचाहेको बेपत्ता युवककी आमा ६० बर्षीया जानकीदेवी राजवंशीले बताइन् । 

रामप्रसाद बेपत्ता भएपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिनुका साथै आफै खोजतलास गर्दै काठमाडौं,हेटौडा सहितका ठुला शहरमा भौंतारिएपनि अवस्था अज्ञात नै रहेको पीडित परिवारले बताएको छ ।

ज्याला मजदुरी गरि कमाउने छोरो वेपत्ता भएपछि उनका दुई नाबालक छोराहरुलाई पढाउन नसकेको तथा खान लाउनसमेत धौधौ भएको पीडित परिवारले बताएको छ । उनीहरुले घटनाको निष्पक्ष छानबीन गरि छोराको अवस्था पत्ता लगाउन तथा दोषिलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकाय सामु माग गरेका छन् ।

View : 187

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved