Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टोली

उद्‌घोष संवाददाता
३ पुष २०८२, बिहिवार

Advertisement

 विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन्। अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

महाधिवेशनमा जम्मा २२६३ प्रतिनिधि उपस्थित थिए, जस मध्ये ३६ जनाले मत दिएका थिएनन्। अध्यक्ष पदको प्रतिष्पर्धामा ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत प्राप्त गरे। महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्।

उपाध्यक्षमा पाँच जना, महासचिव एक जना, उपमहासचिव तीन जना र सचिवमा नौ जना पदाधिकारी चयन भएका छन्। पदाधिकारीमा दुई जनाबाहेक सबै ओली पक्षीय छन्। उपाध्यक्ष ५ जनामा पृथ्वी सुब्बा गुरूङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त छन् ।

विष्ट पोखरेल प्यानलबाट निर्वाचित भएका हुन् । उनी निर्वाचित हुँदा विराटनगरका नेता गुरु बराल पराजित भएका छन्। महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। उनले सुरेन्द्र पाण्डेलाई पराजित गरेका हुन्। उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ निर्वाचित भएका छन्।

भट्टराई पोखरेल प्यानलका हुन्। ९ जना सचिवहरुमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी भएका छन् ।

View : 398

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved