विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् ।
स्थायी कमिटी बैठकले स्थायी कमिटी विस्तारको निर्णय लिएपछि उनले यसबारे फरक मत राखेका हुन् । आफूले तीन कारणसहित फरक मत राखेको राईले जानकारी दिए ।
विधान छापिन बाँकी रहेको अवस्थामा स्थायी कमिटी विस्तार गरिनुको कानुनी आधार नभएको उनको भनाइ छ ।
साथै कति संख्या थप गर्ने, कुन योग्यताका आधारमा भन्ने पनि उनको प्रश्न छ ।
उनले स्थायी कमिटी, पोलिट्ब्यूरो केन्द्रीय कमिटीले मात्र जन्माउन सक्ने भएकोले स्थायी कमिटीले स्थायी कमिटी सदस्य थप्नु विधानअनुसार नमिल्ने पनि बताएका छन् ।
स्थायी कमिटीमा पार्टीका तुलबहादुर गुरुङ लगायतका वरिष्ठ नेताहरू छुटेको बताउँदै उनले नोट अफ डिसेन्ट लेखेको बताएका छन् ।
View : 145
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved