काठमाडौं । सेयर बजार सूचकमा झिनो बढोत्तरी छ । मंगलबार नेप्से ४.८३ अंकले बढेर २७६६.०९ को विन्दुमा रह्यो ।
कारोबार रकम ४ अर्ब १८ करोड ५३ लाख रुपैयाँ छ । कारोबार खुला भएको पहिलो १० मिनेटमा २७७५.०२ को विन्दुमा पुगेको बजार सूचक बिस्तारै घटेको हो ।
वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, म्युचुअल फण्डम अन्य र व्यापारका सूचक बढेका छन् ।
निर्जीवन बीमा, लघुवित्त, उत्पादन तथा प्रशोधन र लगानी उपसमूहका सूचक घटेका छन् ।
१४९ कम्पनीको सेयरमूल्य घट्दा १०१ कम्पनीको बढेको छ ।
बढेकामध्ये विकास हाइड्रोपावरका लगानीकर्ता अधिक फाइदामा छन् । उक्त कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता ४७० रुपैयाँ २० पैसा पुगेको छ । यस्तै नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ८.६१ प्रतिशतले बढेको छ ।
सर्वाधिक कारोबार भएका ५ कम्पनीको सूचीमा नेपाल रिइन्स्योरेन्स कम्पनी पहिलो भएको छ ।
उक्त कम्पनीको ४८ करोड ९५ लाखको सेयर किनबेच भएको छ । यस्तै हिमालयन रिइन्स्योरेन्सको २१ करोड ७१ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ४८ लाख, हिमालयन डिष्टिलरीको १६ करोड ८४ लाख र बुटवल पावरको १४ करोड २५ लाखको कारोबार भएको छ ।
यसअघि सोमबार सोमबार नेप्से २१.३० अंकले बढ्दै २७६३.२६ विन्दुमा रहँदा बजार कारोबारको रकम ५ अर्ब ७५ करोड ३२ लाख भएको थियो ।
View : 330
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved