Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

हतुवागढीमा आगलागी

ज्यान गुमाएका तीन बालबालिकाका परिवारलाई दुई लाख

उद्‌घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका तीन बालबालिकाका परिवारलाई कोशी प्रदेश सरकारले मंगलबार राहत रकम उपलब्ध गराएको छ । 

गत शनिबार साँझ करीव ६ बजेतिर भएको आगलागीमा रमेश कार्कीका ५ वर्षिया छोरी दिप्सिका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र केदार कार्कीका ४ वर्षीय छोरा प्रनिष कार्कीको जलेर ज्यान गएको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगलागीबाट मानवीय क्षति भएका कार्की परिवारको घरैमा पुगेर मंगलबार प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएका हुन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराइएको राहत रकम उनले परिवारलाई हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा मलमपट्टी लगाउने प्रयास गरेको बताए । उनले प्रदेश तथा स्थानीय सरकार घर आँगनकै सरकार भएकोले जनताको समस्यामा र पीडामा सँधै साथ रहने बताए ।

चेक रकम हस्तान्तरण कार्यक्रममा भोजपुरका प्रदेश सभा सदस्यहरु विनोद बान्तवा राई, सिर्जना राई, कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललगायतको उपस्थितिे थियो ।

View : 279

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved