विराटनगर । मोरङमा भोली शुक्रबार पनि कर्फ्यू आदेशलाई निरन्तरता दिइएको छ । तर दिनभरीको समयमा अवस्थालाई सामान्य बनाउन निषेधाज्ञा मात्रै कायम रहने जनाइएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज विहान ६ बजेदेखि कर्फ्यू हटाइएको छ । तर निषेधाज्ञा भने निरन्तर रहेको छ ।
अवस्था सामान्य नहुन्जेलसम्म आज साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म भने कर्फ्यू निरन्तर रहने प्रजिअ यादवले जानकारी दिए ।
‘आज मोरङ जिल्ला भरीमा दिनभरी निषेधाज्ञा र बेलुका ५ बजेदेखि भोलीपल्ट ६ बजेसम्मलाई कर्फ्यू आदेशको निरन्तरता रहेको व्यहोरा सम्पूर्णमा अनुरोध’ प्रजिअ यादवद्वारा सूचनामा भनिएको छ ।
View : 464
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved