Biratnagar, Morang, Nepal
२१ साउन २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

जीपी कोइराला अन्तरमावि भलिबलको उपाधि इन्स्पायर स्कुललाई

उद्‌घोष संवाददाता
२९ जेठ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–१०, तीनटोलियास्थित भूमि प्रशासन चोकमा आयोजित ‘जीपी कोइराला अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता’ सम्पन्न भएको छ । 

जेठ २४ गतेदेखि सञ्चालित चारदिने सो प्रतियोगितामा झापा, दमकको इन्स्पायर इङ्लिस स्कुल प्रथम हुँदै उपाधि चुम्न सफल भएको हो ।

१२ वटा विद्यालयका टोलीहरूबीच भएको कडा प्रतिस्पर्धामा हाम्रो इङ्लिस बोर्डिङ स्कुल, इटहरी द्वितीय र केयू  एकेडेमी, केराबारी मोरङ तृतीय स्थानमा चित्त बुझाए । 

विजेता तथा उपविजेता टोलीहरूलाई ट्रफी, पदक  र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्यालले गरेका थिए भने समापन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझी लगायतले विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

View : 100

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved