Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बुढानिलकण्डमा मनाइयो टोपी दिवस (फोटो)

उद्‌घोष संवाददाता
१८ पुष २०८२, शुक्रवार

विराटनगर । विराटनगर–२ स्थित बुढानिलकण्ड सेकेण्डरी इङ्लीस स्कुलले बिहीबार राष्ट्रिय टोपी दिवस मनाएको छ । 

विद्यालयले हरेक बर्ष विभिन्न जातजाति र भाषाभाषीहरूको भाषा संस्कृति तथा पहिचान भल्किने दिवस समारोह आयोजना गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले यस वर्ष १३ औं पटक राष्ट्रिय ढाकाटोपी दिवस मनाइएको जानकारी दिए । 

उनले टोपी दिवसको महत्वबारे विद्यार्थीहरूलाई जानकारी गराउने उद्देश्यका साथ दिवस मनाइँदै आएको बताए ।

उक्त अवसरमा विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूले मारुनी नृत्य र देशभक्तिपूर्ण गीतमा नृत्य प्रस्तुत गरेका थिए । साथै, नाटकका माध्यमबाट टोपीदिवसको महत्वमाथि प्रकाश पारिएको थियो ।

दिवसका अवसरमा विद्यालयमा टोपी लगाएर गएका विद्यार्थी र शिक्षक शिक्षिकाहरूको उपस्थितिमा र्यालीसमेत निकालिएको थियो । 

विद्यालयबाट ढाकाटोपी लगाएर निस्किएका विद्यार्थीहरूले तीनपैनी चोक हुँदै पुनः विद्यालयमा आएर र्याली समापन गरेका थिए ।

View : 126

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved