Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिकोणात्मक टी–२० सिरिज

फाइनलमा नेपाल र नेदरल्यान्ड्स आमने-सामने

उद्घोष सम्वाददाता
२० फागुन २०८०, आइतवार

विराटनगर । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेदरल्यान्ड्सले नेपालसँगको फाइनल भिडन्त तय गरेको छ ।

वर्षाले खेल रद्द भएपछि नामिबिया र नेदरल्यान्ड्सले एक/एक अङ्क बाँडेका हुन् ।

फराकिलो अन्तरले नेदरल्यान्ड्सलाई जित्नुपर्ने दवावमा मैदानमा उत्रिएको नामिबियाले वर्षाले खेल रोकिंदा अंक बाँडेर चित्त बुझाउनु परेको हो ।

नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाल चार अङ्क जोड्दै फाइनमा पुगेको हो । यता नामिबियाले भने तीन अङ्कमात्रै जोडेको छ ।

नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले १५ ओभरमा चार विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको थियो । त्यसपछि वर्षा भएर खेल रोकिएको हो ।

खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इएटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर टोलीका लागि संघर्षरत थिए ।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

शक्तिशाली खेल प्रदर्शन गरेको नेपालले त्यसपछि खेलमा भने नामिबियालाई ३ रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराएर फाइनल सुरक्षित गरेको हो ।

त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल खेल मंगलबार हुनेछ ।

View : 256

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved