Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

भानु कलेजमा तीन सय नयाँ विद्यार्थीलाई अभिमुखिकरण

उद्‌घोष संवाददाता
३ साउन २०८२, शनिवार

विराटनगर । विराटनगर–९ स्थित भानु कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि शुक्रबार अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा २१ औं ब्याचमा भर्ना भएका करीव तीन सय विद्यार्थीलाई अभिमुखिकरण गरिएको कलेजका निर्देशक बसन्त बस्नेतले जानकारी दिए । 

उनले विगतदेखि नै विराटनगरमा उत्कृष्ट शैक्षिक संस्थाका रुपमा भानु कलेज परिचित रहेको बताउँदै अभिमुखिकरणका क्रममा दुई बर्षे अध्ययनका क्रममा पालना गर्नुपर्ने ‘कोड अफ कन्डक्ट’ बारे जानकारी गराएका थिए ।

कलेजका प्रिन्सिपल मोहन कुमार श्रेष्ठको अध्यक्षता एवं मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा दामोदर थापाको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रम र शिक्षाको महत्व लगायतका विषयमा जानकारी गराइएको हो ।

अभिमुखिकरणका क्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको नीति नियम, पठनपाठन र अध्ययन पद्धतिका बारेमा स्पष्ट रुपमा जानकारी गराएको निर्देशक बस्नेतले बताए ।

आयोग अध्यक्ष थापाले प्लस टु तहको अध्ययन नै जीवनको भविष्य निर्धारण गर्ने महत्वपूर्ण तह भएकोले मेहेनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरे । 

अभिमुखिकरणका अवसरमा कक्षा १२ का विद्यार्थीहरू स्वस्तिका चौधरी, अनिसा रम्तेल, स्मारिका रजक, मान्यता बस्नेत लगायतले नव आगन्तुक विद्यार्थीहरूको स्वागतका लागि स्वागत नृत्य प्रस्तुत गरेका थिए । 

विद्यार्थी, अभिभावक र अतिथिहरूलाई कलेजका निर्देशक नविन गौतम र इसीए कोअर्डिनेटर दिनेश प्रधानले स्वागत गरे ।

कार्यक्रममा शिक्षाविद् प्राडा देवेन्द्र अधिकारीले विद्यार्थीहरूका लागि प्रेरणादायी भनाई राखेका थिए । कलेजका निर्देशकहरू नवीन गौतम, रमेश पाण्डे लगायतले विद्यार्थीहरूलाई शुभकामना दिए । 

साउन ५ गते सोमबारदेखि कक्षा सुरु हुने जनाइएको छ । कलेजमा विज्ञान र व्यवस्थापन संकायको अध्ययन अध्यापनका लागि कक्षाको पूर्ण रुपमा व्यवस्थापन गरिसकेको जनाइएको छ ।

View : 393

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved