Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङका ६ वटै क्षेत्रमा तयार भए मतदान केन्द्र (फोटो)

उद्‌घोष संवाददाता
२० फागुन २०८२, बुधवार

विराटनगर । भोली बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङमा मतदान केन्द्रहरू तयार भएका छन् ।

जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा रहेका अधिकांश मतदान स्थलहरूमा मतदान केन्द्र निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । 

उनले बुधबार बेलुका ५ बजेसम्ममा सवै ८८८ वटा मतदान केन्द्र तयार हुने उनले बताए । मतदान केन्द्रहरूमा बिहीबार विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ६ वटै क्षेत्रमा मतदान केन्द्रसहित मतगणना स्थल समेत तयारी अवस्थामा रहेको बताए । उनले मतदान सकिएलगत्तै सबै क्षेत्रका मतपेटिकाहरूलाई सुरक्षा योजना अनुसार सम्बन्धित मतगणना स्थलमा ल्याइने जानकारी दिए । 

 

प्रमुख जिल्ला अधिकारी कट्टेलले भौगोलिक विकटताका कारण क्षेत्र नम्बर १ को केराबारी र मिक्लाजुङका केही मतदान केन्द्रबाट गणनास्थलमा मतपेटिका ल्याउन चार घण्टासम्म लाग्न सक्ने जानकारी दिए । ती केन्द्रबाट मतपेटिका ल्याउने सवारी साधनदेखि सुरक्षाकर्मी समेत तयारी अवस्था रहेको बताए । 

 

View : 93

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved