Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्से परिसूचकमा ३७ अङ्कको वृद्धि

उद्घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

काठमाडौँ, २१ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा जारी छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख ५३ हजार २७ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९३, डोल्टी पावर कम्पनी नौ दशमलव ६८, एनआइसी एसिया फ्लेक्सी क्षप फन्ड आठ दशमलव ८०, जोशी हाइड्रोपावर आठ दशमलव ४२ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ५९ कमाएका छन् ।

यस्तै, इस्टर्न हाइड्रोपावरको शेयरमा आज नकारात्मक सर्किट लागेको छ ।

साथै कुमारी सबल योजना सात दशमलव ४० प्रतिशत, विन नेपाल लघुवित्त छ दशमलव १४ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त चार दशमलव शून्य सात प्रतिशत र पोखरा फाइनान्सका लगानीकर्ताले तीन दशमलव ७६ प्रतिशतले गुमाएका छन् । रासस

View : 69

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved