Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रहरीलाई जीवन उपयोगी आध्यात्मिक प्रवचन

उद्‌घोष संवाददाता
२४ माघ २०८०, बुधवार

विराटनगर । आध्यात्मिक गुरु रुपेशश्वर गौर दासले प्रहरी कर्मचारीहरुलाई आध्यात्मिक प्रवचन प्रदान गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित प्रवचन कार्यक्रममा उनले प्रहरी कर्मचारीहरुलाई मावन जीवन उपयोगी आध्यात्मिक प्रवचन दिएका हुन् ।

शान्ति सुरक्षाको महत्वपुर्ण जिम्मेवारी वहन गर्दै आइरहेको नेपाल प्रहरी संगठमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत तनाव व्यवस्थापन गरी तनाव रहित वातावरणमा आम नागरिकलाई सुरक्षा प्रदान गर्न सक्ने क्षमता अभिवृद्धिका लागि उक्त प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । 

प्रवचन कार्यक्रममा आध्यात्मिक गुरु रुपेशश्वर गौर दासलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनरका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले स्वागत गरेका थिए भने  प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले प्रवचन कार्यक्रममा धन्यवाद ज्ञापन गरेका थिए । प्रवचन कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

View : 414

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved