धरान । धरानस्थित पब्लिक हाइस्कुल, कक्षा १२ का विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुले विज्ञान प्रयोगात्मक तालिम कक्षामा रक्त समूह परीक्षण गरी छुट्याउने तालिम लिएका छन् ।
विद्यार्थीहरुलाई रगतको विभिन्न समूह र त्यसका महत्वबारे थाहा दिन उद्देश्यले पाठ्यक्रम अनुसार नै तालिम कक्षा आयोजना गरिएको विज्ञान तथा इलेक्ट्रिकल इञ्चार्ज मोहन श्रेष्ठले जानकारी गराए ।
प्रयोगात्मक कक्षामा विद्यालयका विज्ञान शिक्षक किशोर चौधरीले रक्त समूहको परिभाषा, ए, बी, एबी र ओ रक्त समूहका विशेषताहरू र उनीहरूको सापेक्षता बारे विस्तृत जानकारी प्रस्तुत गरे ।
विद्यार्थीहरूले रक्त परीक्षणका विभिन्न विधिहरू जस्तै एन्टीबडी र एन्टीजेनको प्रयोग गरी रक्त समूह परीक्षण गरे । ल्याव एसिष्टेन्ट योगिता गुरुङले रक्त समूह परीक्षण गरी छुट्याउनका लागि सानो समूहमा अभ्यास गर्न सहयोग गरेकी थिइन् ।
सो प्रयोगात्मक कक्षामा सहभागी विद्यार्थीहरुले रक्त समूहको महत्व र यससँग सम्बन्धित जीवनदायिनी जानकारी सिक्न पाएका छन् । साथै, शिक्षकद्वारा रक्त सञ्चार, रक्तदान र प्राप्तिका बारेमा पनि विस्तृत व्याख्या गरिएको थियो ।
प्रयोगात्मक कक्षाले विद्यार्थीहरूको ज्ञानलाई थप सुदृढ बनाउने काम गरिएको विद्यालयका प्रधानाध्यापक डा इन्द्रमोहन झाले बताए ।
सो प्रयोगात्मक कक्षाले कक्षा १२ का विद्यार्थीहरुलाई केवल सैद्धान्तिक ज्ञानमात्र नभई व्यवहारिक ज्ञानको पनि महत्व बुझेको छ, जसले तिनीहरूको भविष्यका अध्ययन र जीवनयात्राको लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको श्रेष्ठले बताए ।
View : 60
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved