विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट खर्च उत्साहजनक देखिएको छ । प्रदेश सरकारले कूल विनियोजनको ८० प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरका अनुसार चालु आवका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बार्षिक बजेट विनियोजन भएकोमा सरकारी खाता बन्द भएपश्चात सोमबारसम्म २८ अर्ब ५६ करोड ७७ लाख ७४ हजार ९३५ रुपैयाँ ४७ पैसा खर्च भएको उल्लेख छ । यो खर्च ८० प्रतिशतभन्दा बढी हो ।
प्रदेश सरकारले पूँजीगततर्फ ७९ प्रतिशत र चालुतर्फ ८२ प्रतिशत खर्च गरेको जनाइएको छ । पूँजीगततर्फ १७ अर्ब ४२ करोड ५२ लाख ६२ हजार विनियोजन भएकोमा १३ अर्ब ८२ करोड ७६ लाख ४ हजार १९२ रुपैयाँ ३६ पैसा खर्च भएको हो । त्यस्तै चालुतर्फ १८ अर्ब ८३ करोड ४० लाख ३८ हजार विनियोजन भएकोमा १४ अर्ब ७४ करोड १ लाख ७० हजार ७४३ रुपैयाँ ११ पैसा खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश लेखा नियन्त्रक दामोदार खत्रीले प्रदेश सरकारको खर्च लेख्ने काम असार २५ मा समाप्त भएपछि बजेट खर्चको प्रगति सार्वजनिक गरिएको बताए ।
प्रदेशमातहतका कार्यालयले गरिसकेको खर्च अनुसार केही बजेट भने फिर्तासमेत हुनसक्ने भएकोले खर्च रकम भने केही घट्ने उनले जानकारी दिए ।
लेखा नियन्त्रणले सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा ६ अर्ब ७१ करोड १५ लाख २५ हजार ६४ रुपैया“ ५३ पैसा भने खर्च हुन सकेन ।
भौतिक पूर्वाधार मन्त्रालयले सवैभन्दा धेरै ११ अर्ब १८ करोड २ लाख १२ हजार रुपैयाँ बजेटमा ८ अर्ब ५० करोड २ लाख ४६ हजार ६६८ रुपैयाँ खर्च गर्न सफल भएको जनाइएको छ ।
४ अर्ब ४२ करोड ५३ लाख ७३ हजार रुपैयाँ विनियोजन मध्ये खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ४ करोड ९५ लाख ९१ हजार २३ रुपैयाँ ३९ पैसा खर्च गरेको छ ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा ७६ दशमलव १२ प्रतिशत र आर्थिक वर्ष २०७९/०८० मा ७८ दशमलव ०९ प्रतिशत बजेट खर्च गरेको थियो ।
प्रदेश सरकारले बजेट खर्चमा उल्लेख्य सुधार गरेको भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेटको कार्यन्वयन प्रकृयालाई अघि बढाइहाल्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले बताए । बजेट कार्यन्वयनका लागि आर्थिक वर्ष २०८२-८३ को साउनको प्रारम्भदेखि नै अघि बढ्ने निर्णय गरेको उनले बताए ।
View : 400
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved