विराटनगर । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा गराउने बताएका छन् ।
विराटनगरमा जेनजी आन्दोलनबाट खेलकुद संरचनामा पुगेको क्षतिको जानकारी लिदै सदस्यसचिव मेहताले राष्ट्रिय खेलकुदलाई तोकिएको मितिमा आयोजना गराउनका लागि परिषद्ले काम गरिरहेको बताए ।
सदस्यसचिव मेहताले खेलकुद आयोजनाका लागि सरकारबाट बजेट समेत पर्याप्त नपाएको बताए ।
प्रतियोगितास्थल कर्णाली प्रदेश सरकारले खेलकुदका लागि अपेक्षाकृत समय दिन नसकेको पनि उनले बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ मोरङका अध्यक्ष अनुज बानियाँका अनुसार सदस्यसचिव मेहताले कर्णाली प्रदेशका मु्ख्यमन्त्रीले १०औं राष्ट्रिय खेलकुदका लागि समय दिन नभ्याएको कुरा गरेको जानकारी दिए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खेलकुदका लागि समय दिए पनि प्रदेश सरकारले ब्यस्तता देखाउँदै परिषद्लाई समय दिन नसकेको कुरा सदस्यसचिव मेहताले गरेको अध्यक्ष बानियँले बताए ।
सोही क्रममा सदस्य सचिव मेहतालाई जेनजी आन्दोलनका क्रममा प्रदेश खेलकुद विकास बोर्डमा भएको क्षतिबारे जानकारी गराइएको थियो । अध्यक्ष बानियाका अनुसार ‘जेनजी आन्दोलनका क्रममा जिल्ला फुटबल संघ मोरङको करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
‘सदस्यसचिव मेहतालाई क्षतिबारे जानकारी गराएका छौं । उहाँलाई विराटनगरमा भएका खेलकुदका संरचना र सामग्रीको अवस्थाबारेमा पनि जानकारी गराएका छौं’ बानियाले भने ।
सदस्यसचिव मेहताले फागुन दोस्रो साता हुने विराट गोल्डकपका लागि बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
View : 79
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved