काठमाडौँ, १६ कात्तिक । आज शुक्रबार देशभरको मौसम ठिकठाक रहने भएको छ । पश्चिमी तथा पहाडी भू–भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको र मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । तर यसको कुनै असर नरहने जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मात्रै मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । त्यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
View : 76
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved