विराटनगर । विराटनगर किंग्सको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी भदौ २१ गते सांगीतिक कार्यक्रम हुने भएको हो ।
कन्सर्टमा युवामाझ लोकप्रिय गायक नितेश जंग कुवर प्रस्तुत हुनेछन् । कार्यक्रम विराटनगरको जैन भवनमा हुनेछ साथै अन्य स्थानीय कलाकार सुभम एण्ड द ब्याण्ड साथै मृतुन्जयको समेत उपस्तिथी रहनेछ ।
कार्यक्रमको टिकट २ सय रुपैया राखिएको छ भने विराटनगर किंग्सको जर्सी लगाएर आए निशुल्क प्रवेशको प्रबन्ध मिलाइएको छ । कार्यक्रम बेलुकी ४:३० बजे सुरु हुनेछ ।
विराटनगर किंग्सका अनुसार उक्त कार्यक्रममा कोशी प्रदेशका बिभिन्न सहरबाट समर्थकहरुको सहभागिता रहनेछ ।
“कोशीको शान, हाम्रो पहिचान” भन्ने नारासहित विराटनगर किंग्सले यस संस्करणमा कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको छ ।
क्यानले यसअघि घोषणा गरेअनुसार, एनपीएलमा आठ टिम सहभागी हुने छन् भने प्रतियोगिता मङ्सिरमा सुरु हुने तय भएको छ ।
View : 347
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved