विराटनगर । तेरापन्थ युवक परिषद विराटनगरको आगामी कार्यकाल २०२६–२७ को अध्यक्षमा अरिहन्त दुगड निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा अरिहन्त दुगडले ९३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी अमित धाडेवाले ६८ मत प्राप्त गरेका छन् ।
नवनिर्वाचित अध्यक्ष दुगडलाई निर्वाचन प्रभारी एवं नेपाल बिहार सभाका अध्यक्ष वीरेन्द्र सञ्चेतीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएपश्चात दुगडले समाजका अग्रज एवं अभिभावक खेमचन्द लालवानीसँग आशीर्वाद ग्रहण गरेका थिए ।
युवक परिषदका पूर्वअध्यक्ष कमल डाँगा, बिकाश लालवानी, शेरसिंह दुगड, बिनय पारख, जिनेन्द्र नौलखा, मोहित लालवानी लगायतले नवनिर्वाचित अध्यक्ष दुगडलाई बधाई दिएका थिए ।
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved