Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

‘कोशी प्रदेश पर्यटन वर्ष, २०८२’

पर्यटन वर्ष सचिवालयको स्थापना

मन्त्री मण्डलकै संयोजकत्वमा रहने सचिवालयमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का लागि कोशी प्रदेश सरकारद्वारा नियुक्त गरिएका सहसंयोजकद्वय भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहले पदीय जिम्मेवारी सम्हालेका छन् ।
उद्‌घोष सम्वाददाता
१५ पुष २०८१, सोमवार

कोशी प्रदेशमा पर्यटन वर्ष, २०८२ को सचिवालय स्थापनापछि तस्वीर खिचाउँदै मन्त्री, सचिव तथा सचिवालयका पदाधिकारीहरू ।

विराटनगर । कोशी प्रदेशमा पर्यटन वर्ष, २०८२ को सचिवालय स्थापना गरिएको छ । आइतबार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सोही मन्त्रालयका मन्त्री सदानन्द मण्डलले सचिवालयको उद्घाटन गरेका हुन् । 

मन्त्री मण्डलकै संयोजकत्वमा रहने सचिवालयमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का लागि कोशी प्रदेश सरकारद्वारा नियुक्त गरिएका सहसंयोजकद्वय भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहले पदीय जिम्मेवारी सम्हालेका छन् । कोशी प्रदेश सरकारले गत असोज ११ गते आगामी वर्ष २०८२ साललाई कोशी प्रदेश पर्यटन वर्षका रुपमा मनाउने घोषणा समारोह सम्पन्न गरिसकेको छ । सरकारले पर्यटन वर्षका लागि ‘डिलाइटफुल कोशी अर्थात ‘रमणीय कोशी’ भन्ने नारा तय गरिसकेको छ ।

पर्यटन वर्षको तयारीका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाइएको छ । २०८२ वैशाख १ गते प्रदेश सरकारले भव्य समारोहका साथ पर्यटन वर्षको उद्घाटन गर्ने तयारी गरिरहेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

View : 239

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved