काठमाडौँ, १७ भदौ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले आज पदभार ग्रहण गरेका छन् ।
आज बोर्डको कार्यालयमा पुगेर ज्ञानशास्त्र चलचित्रको निर्माण इजाजतपत्रको टिप्पणीमा सदर गरेर विधिवत् पदभार ग्रहण गरेका बोर्ड सदस्य एवं प्रवक्ता खेतुलाल विसीले जानकारी दिए ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष डिसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रुपमा पनि चिनिन्छन् ।
निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो । रासस
View : 101
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल