Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

फाफ डु प्लेसिस विराटनगर किंग्समा

विराटनगर किंग्स मार्की सन्दीप लामिछानेको नेतृत्वमा खेल्दैछ । यो टिमका लागि अनुभवी खेलाडीका रुपमा डु प्लेसिसको आगमन भएकोले दोस्रो सिजनमा विराटनगर किंग्सलाई निकै बलियो बनाउने विश्वास गरिएको हो ।
उद्‌घोष संवाददाता
१६ कार्तिक २०८२, आइतवार

विराटनगर । अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी फाफ डु प्लेसिसले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विराटनगर किंग्सबाट खेल्ने भएका छन् । 

साउथ अफ्रिकाका पूर्वकप्तान समेत रहेका डु प्लेसिसलाई टिममा अनुबन्ध गरिएको विराटनगर किंग्सले घोषणा गरेको हो ।

भारतको फ्रेन्चाइज टिम आरसीबीको समेत नेतृत्व गरिसकेका डु प्लेसिस एनपीएलमा भित्रिएका अहिलेसम्मकै ठूलो स्टारडम हुन् । 

आक्रामक ब्याटिङमा ख्याती कमाएका उनको आगमनलाई क्रिकेटप्रेमीहरूले भव्यताको संकेत गरेका छन् । 

विराटनगर किंग्स मार्की सन्दीप लामिछानेको नेतृत्वमा खेल्दैछ । यो टिमका लागि अनुभवी खेलाडीका रुपमा डु प्लेसिसको आगमन भएकोले दोस्रो सिजनमा विराटनगर किंग्सलाई निकै बलियो बनाउने विश्वास गरिएको हो ।

विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीले फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडीले विराटनगरको प्रतिनिधित्व गर्नुलाई विराटनगर किंग्सका लागि मात्रै नभई एनपीएलकै लागि गर्वको कुरा हुने बताए ।

‘फाफ डु प्लेसिसको आगमनले मुख्य रुपमा विराटनगर किंग्सका खेलाडीहरूले उनीसँग ड्रेसिङ रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव सिक्दै मैदानमा उत्कृष्ट प्रदर्शनका लागि प्रेरित हुनेछन्’ चौधरीले भने, ‘साथै, क्रिकेटलाई विश्वस्तरमा पु¥याउने विश्वास लिएका छौं र, नयाँ जोस र आत्मविश्वास बटुल्ने छौं ।’

View : 245

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved