विराटनगर : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मोरङको ९औं जिल्ला अधिवेशनले दिनेशकुमार पन्तको अध्यक्षतामा १६ सदस्यीय नयाँ समिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रथम उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ द्वितीय उपाध्यक्षमा यतिराज पोखरेल, सचिव तेजनाथ अधिकारी, कोषाध्यक्ष नवीन रेग्मी र सहसचिवमा दिपेन्द्र घिमिरे छन् ।
त्यसैगरी सदस्यहरुमा माधव बराल, हिमाकुमारी घिमिरे, धनकुमारी आचार्य, टीकादेबी निरौला, दिलिप श्रेष्ठ, प्रमोदकुमार बिश्वास, बादल कनोडिया, सुशील घिमिरे र नरेश माझी छन् ।
अधिबेशनको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्व सामाजिक मन्त्री जीवन घिमिरेले महासंघ मोरङ शाखाले मोरङको पुस्तकको इतिहास लेख्ने र अग्रज ब्यबसायीको सम्मान गरेकोमा गरेकोमो प्रशंसा गरेका थिए । सो अबसरमा पुस्तक ब्यवसायी महासंघका कोशी प्रदेश सचिब माधव अधिकारीले सम्पादन गरेको मोरङ पुस्तक डायरीसमेत विमोचन गरिएको थियो ।
सो अवसरमा महासंघले अग्रज तथा पुराना ब्यबसायीहरुलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर फूलमालाका साथ सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा रामप्रसाद भट्टराई, मुलचन्द शर्मा, पुष्पा सिग्देल, हेमकर्ण दुगड, कमलादेवी मैनाली, प्यारेलाल शर्मा, सुन्दरदेवी, केशव पौडेल, देवी रिजाल, जगदीश शर्मा, कमल राई, गुरुप्रसाद दाहाल, महावीर ब्यास र भवनाथ पौडेल छन् ।
सो अवसरमा बेदान्त पब्लिकेशनका निर्देशक मनोज रेग्मी, जनक शिक्षा सामग्री केन्द्र विराटनगरका निमित्त प्रमुख भूपराज थापा , सञ्जिव सत्याल, रञ्जन शर्मा चौलागाई, माधव अधिकारी, मिलन लम्साललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
View : 132
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved