Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट गाईघाट जाँदै गरेको नरसिंह बस खस्यो कोशीमा

उद्घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

विराटनगर । विराटनगरबाट उदयपुर सदरमुकाम गाईघाट जाँदै गरेको यात्रु बस कोशी ब्यारेजबाट कोशी नदीमा खसेको छ । 

बिहीबार साँझ अन्दाजी ६ बजेर १० मिनेटको समयमा को १ ख ४६०१ नम्बरको उक्त यात्रुबाहक बस कोशीमा खसेको सप्तरी प्रहरीले जनाएको छ । 

बसमा करिव २० जना यात्रु रहेको जनाइएको छ । कोशी ब्यारेजको ३६ नम्बर ढोका नजिकैबाट बस नदीमा खसेको हो । प्रहरी र स्थानीयले बसबाट यात्रुहरूको उद्धार गरेका छन् । 

दुर्घटनाको कारण खुलेको छैन । उक्त बस ब्यारेजको बारबाट उछिट्टिएर नदीमा खसेको छ । पानीमा बस खसेपनि डुब्न नपाएको जनाइएको छ ।

पानीको बिचमा बस कोल्टे परेर खसेका कारण यात्रुहरू डुब्न नपाएको र प्रहरीले यात्रुहरूलाई उद्धार गरिरहेको जनाएको छ ।

दुर्घटनास्थलमा सप्तरी र सुनसरीका प्रहरी उद्दारमा खटिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १२ जनाको सकुशल उद्दार भएको प्रहरीले जनाएको छ । बसमा सवार यात्रुको वास्तविक संख्या भने यकिन नभएको जनाइएको छ ।

View : 318

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved