विराटनगर । उचाल्दा र बोक्दा छरितो, हेर्दा चिटिक्क देखिने भएकाले विराटनगरमा जारी व्यापार मेलामा हाइटेक्स कार्पेटको स्टलमा मेला अवलोकनकर्ताको निकै भिड लागेको देखिन्छ । घर कार्यालयदेखि होटल–रेस्टुरेन्ट सबैमा उपयोगी हुने हाइटेक्स कार्पेट ग्राहकले पहिलो चरणमा मूल्य बुझ्ने गरेको देखिन्छ ।
पछि तिनै ग्राहकले अर्डर गर्ने र केहीले स्टलबाटै खरिद गरेर लैजाने गरेको स्टल प्रतिनिधिहरू बताउँछन् ।
हाइटेक्स कार्पेट वार्षिक ४० लाख वर्गमिटर कार्पेट र रग्स उत्पादन गर्ने सुनसरी–मोरङ करिडरको नेपालकै अग्रणी कम्पनी हो ।
कम्पनीका सञ्चालक लोकेश टिवडेवाल आफ्नो कम्पनीको उत्पादन भारतलगायतका देशमा निर्यात हुने बताउँछन् । उनी पहिला–पहिला बेल्जियमबाट आउने कार्पेटलाई आफूहरूले लगभग विस्थापित गरेको बताउँछन् ।
‘पहिला हाम्रो देशमा बेल्जियमको कार्पेटको दबदबा थियो, अहिले स्थितिमा निकै परिवर्तन आएको छ’ टिवडेवाल भन्छन् । हाइटेक्स कार्पेटले कार्पेटका लागि चाहिने कच्चापदार्थ आफै उत्पादन गर्दछ । ‘कार्पेटका लागि चाहिने कच्चापदार्थ भनेको धागो हो, जसलाई ‘यार्न’ भनिन्छ,’ टिवडेवाल भन्छन्, ‘पहिला बाहिरबाट ल्याउनुपर्थ्यो, अहिले हामी आफै तयार गर्छौं ।’
कार्पेटको साइजअनुसार प्राइस हुने अर्थात् मूल्य हुने टिवडेवाल बताउँछन् । सन् २०१५ मा स्थापना भएको हाइटेक्स कार्पेट नेपालको पहिलो रग्स र कार्पेट उत्पादन गर्ने कारखाना हो ।
View : 213
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved