Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

सडकमा धान रोपेर विरोध

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ सगरमाथा टोलबासीले सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।

लामो समयदेखि सडक जीर्ण र हिलाम्मे बनेपछि आवतजावतमा समस्या भएको भन्दै स्थानीयले विरोध जनाएका हुन् । 

स्थानीयका अनुसार वर्षायाममा सडक हिड्नै नसकिने अवस्थामा पुगेको छ भने सवारी साधन सञ्चालन गर्न समेत कठिन हुने गरेको छ ।

स्थानीयवासीले सडक मर्मतका लागि पटक–पटक वडा कार्यालयमा लिखित तथा मौखिक रूपमा आग्रह गर्दै आवागमन सहज बनाउन माग गरेका थिए । तर सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ । 

आर्थिक वर्ष सकिन लाग्दा समेत सामान्य मर्मतसम्भार गर्न नसकिने जवाफ पाएपछि बाध्य भएर सडकमै धान रोपेर सांकेतिक विरोध गर्नुपरेको स्थानीयको भनाइ छ ।

View : 65

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved