Biratnagar, Morang, Nepal
२२ जेठ २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सिद्धार्थ बैंकका ग्राहकलाई विराटनगरको गोल्डेन अस्पतालमा छुट

उद्‌घोष सम्वाददाता
२० जेठ २०८२, मङ्गलवार

विराटनगर । स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यसहित विराटनगरको गोल्डेन हस्पिटल र सिद्धार्थ बैंकबीच सम्झौता भएको छ ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत मोहम्मद जियाउल हक र सिद्धार्थ बैंक विराटनगर शाखाका प्रबन्धक सूर्य प्रसाद शर्माबीच सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौता अनुसार बैंकको कार्ड र डिजिटल बैंकिङ सेवाका प्रयोगकर्ताहरूले गोल्डेन हस्पिटलमा उपचारका क्रममा विभिन्न सेवामा छुट पाउने जनाइएको छ ।

यो सेवा बैंकका डेबिट, क्रेडिट र प्रिपेड कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ र क्यूआर कोडमार्फत हुने भुक्तानीमा लागू हुने जनाइएको छ । 

विरामीहरूले रुटीन ल्याब, एक्सरे तथा भिडियो एक्सरे सेवा, एमआरआई, सीटी, अपरेशन, ओपीडी, एनआईसीयू÷आईसीयू बेड, फार्मेसी, डेन्टल, फिजियो र क्याबिन सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौता गरिएको हो । 

दुई वर्षका लागि गरिएको सम्झौता अनुसार सिद्धार्थ बैंकका कर्मचारीहरूका लागि भने २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।

यस्तो छुट सुविधालाई अस्पतालले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । जसका माध्यमबाट उपचारका लागि अस्पताल पुग्ने विरामी र उनीहरूका आफन्तलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने र आर्थिक रुपमा समेत सहुलियत प्राप्त हुने अस्पतालले जनाएको छ ।

View : 111

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved