Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

कवड्डीमा ग्रिनल्याण्ड, अर्किड, कान्तिपुर र शिक्षादिप विजयी

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत बुधबार भएको हिसान कवड्डीमा ग्रिनल्याण्ड, अर्किड, कान्तिपुर र शिक्षादीप कलेज विजयी भएका छन् ।

दिल्ली पब्लिक स्कुलको मैदानमा भएको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले मोर्डन एरा कलेजलाई ४७–१७ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच ग्रिनल्याण्डका धर्मचन्द्र मेहता घोषित भए ।

दोस्रो खेलमा अर्किड कलेजले विराट कलेजलाई ३७–३४ को सेटलले पराजित गरेको छ ।

तेस्रो खेलमा कान्तिपुर कलेजले अरनिको कलेजलाई २६–२४ को सेटलले पराजित गरेको छ । खेलको प्लेयर अफ द म्याच कान्तिपुरका कपिल मण्डल घोषित भए ।

चौथो खेलमा शिक्षादीप कलेज र रेडस्टार कलेजविच हुनु पर्ने खेलमा रेडस्टार मैदानमा नआएपछि शिक्षादिप वाक ओभरमा विजयी भएको छ ।

View : 405

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved