Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

उपेन्द्र सुब्बाको ‘मनसरा’ टिजर रिलिज

उद्घोष सम्वाददाता
८ चैत २०८०, बिहिवार

काठमाडौं । गत बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट कवि उपेन्द्र सुब्बाले निर्देशनमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्मले नै बक्स अफिसमा ठूलो सफलता पायो ।

अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ आगामी बैशाख २१ गतेबाट प्रदर्शन हुदैछ । बिहीबार युट्युबमार्फत् फिल्मको २ मिनेट १५ सेकेण्ड लामो टिजर सार्वजनिक गर्दै कथावस्तुबारे महत्वपूर्ण खुलासा गरिएको छ ।

फिल्मका कलाकारहरु मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान टिजरको केन्द्रमा छन् । सहर नजिकको एउटै बस्तीमा बस्ने उनीहरुबीचको सम्बन्धको आयामलाई टिजरले बोलेको छ ।

विवाहित मिरुनाप्रति प्रवीणको सुषुप्त प्रेम र उनकी श्रीमती (मेनुका)ले शंका गर्दा उत्पन्न परिस्थितिमा टिजर केन्द्रित छ । एक दृश्यमा दयाहाङ राई निराश मुद्रामा झोला भिरेर भौंतारिरहेका देखिन्छन् ।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्रध्वज कार्की हुन् भने उनी नै छायाकार हुन् । विष्णुकुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ फिल्मको सह–निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् ।

फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ । 

View : 108

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved