विराटनगर । नेपाल प्रेस युनियन मोरङको १२ औं अधिवेशनले भोजराज बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । मंगलबार विराटनगरमा सम्पन्न अधिवेशनबाट बस्नेतको अध्यक्षतामा १६ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।
युनियन मोरङको तीन उपाध्यक्षमा गोपाल पोखरेल, प्रशान्त निरौला र उषा सरदार चयन भएका छन् । सचिवमा सन्तोष बास्तोला, दुई सहसचिवमा अनुज सापकोटा र अन्जना पराजुली र कोषाध्यक्षमा दिलीप अग्रवाल चयन भएका हुन् ।
सदस्यहरूमा सरस कट्टेल, सुभाष भण्डारी, पारस मण्डल, दीपेन्द्र साह, विवेक मेहता, प्रेम पारख, अफताफ अली, समय घिमिरे र भोजराज घिमिरे चयन भएको जनाइएको छ ।
अधिवेशनमा गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट शंकर खरेल, शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट ब्रह्मदेव यादव, रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट भोजराज बस्नेत र तारा आचार्य सम्मानित भएका थिए ।
उनीहरूलाई नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले सम्मानपत्र प्रदान गरेका हुन् ।
अधिवेशनमा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल लगायतको उपस्थिति रहेको थियो ।
View : 90
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved