Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मुख्य चार दलबाट कोशीका को-को परे समानुपातिक बन्दसूचीमा ?

उद्‌घोष संवाददाता
१६ पुष २०८२, बुधवार

विराटनगर । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलह रूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन् । यसपटक कोशी प्रदेशका १४ जिल्लाबाट विभिन्न दलका धेरैले बन्द सूचीमा अटाउने मौका पाएका छन् ।

२०७९ को निर्वाचनमा पहिलो बनेको दल नेपाली कांग्रेस, दोस्रो बनेको नेकपा एमाले, तेस्रो बनेको नेपाली कम्युनिष्ट पार्टी (तत्कालीन माओवादी र एकीकृत समाजवादीसहित एकतापछि) र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट कोशीका धेरैको नाम बन्द सूचीमा अटाएको छ ।

समानुपातिक प्रणालीको बन्द सूचीमा कोशी प्रदेशबाट उल्लेखनीय संख्यामा नेताहरू समावेश भएका छन् । नेपाली कांग्रेसले समानुपातिक बन्द सूचीमा कोशी प्रदेशबाट कुल १८ जना परेका छन् ।

आदिवासी जनजाति क्लस्टरबाट पार्टी सहमहामन्त्री भीष्मराज आङदेम्बे पाँचथर, मोरङका गोपालमानसिंह राजभण्डारी, तेह्रथुमका थलकुमार लिंखा र संखुवासभाका विजय सम्वाहाम्फे सूचीमा छन् ।

महिलातर्फ तेह्रथुमकी गीता गुरूङ, सोलुखुम्बुकी गीताकुमारी सेन्दाङ, ताप्लेजुङकी सविता राई, ओखलढुंगाकी प्रेमिका रानामगर र इलामकी निर्मला गुरूङ आदिवासी जनजाति क्लस्टरबाट समेटिएका छन् ।

खसआर्य क्लस्टरबाट झापाकी सुशीला ढकाल आचार्य, मोरङकी रूक्मणी कोइराला, झापाकी गोमाकुमारी भट्टराई र  सोलुखुम्बुकी रिना उप्रेती बन्द सूचीमा परेका छन् । थारू क्लस्टरबाट मोरङकी डा प्रमिला गच्छदार परेकी छन् । 

दलिततर्फ झापाकी मनुमाया विश्वकर्मा र सुनसरीका चन्द्रेश्वर शर्मा खत्वे सूचीमा परेका छन् । 

मुस्लिम क्लस्टरबाट सुनसरीकी नगमा शाहिद अन्सारी र जमिल अख्तर मियाँ कांग्रेसको समानुपातिक सूचीमा छन् ।

त्यस्तै नेकपा एमालेको समानुपातिक बन्द सूचीमा पनि कोशी प्रदेशका नेताहरूको उपस्थिति देखिन्छ । 

जेनजी पुस्ताकी नवनिर्वाचत केन्द्रीय सदस्य झापाकी नीता घतानी कोशीबाट सूचीमा परेकी एक मात्र नयाँ अनुहार हन् । उनीबाहेक यसअघि सांसद वा संविधानसभा सदस्य भइसकेका नेताहरूको बाहुल्य रहेको एमाले स्रोतको भनाइ छ । 

मोरङबाट पूर्व उपाध्यक्ष गुरु बराल र जिसस पूर्व प्रमुख नरेश पोखरेलको नाम बन्द सूचीमा छ । त्यस्तै उदयपुरकी नेता एवम्  पूर्वसहरी विकास मन्त्री मञ्जु चौधरीको नाम पनि बन्द सूचीमा छ । 

त्यस्तै पर्शुराम अधिकारी भोजपुर, झापाका निर्मला पाठक, मेनुका काफ्ले, अनिता कन्दङ्वा विष्णुमाया विक तेह्रथुम र मनकुमारी तितुङ धनुकटा लगायतका नेताहरूको नाम बन्द सूचीमा समेटिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले समानुपातिकतर्फ कोशी प्रदेशबाट १३ जना उम्मेदवारको नाम बन्दसूचीमा समावेश गरेको छ । 

खसआर्य महिलातर्फ सोलुखुम्बुकी करूणा बस्नेत र सुनसरीकी सावित्री पोखरेल परेका छन् । खसआर्य पुरूषतर्फ उदयपुरका विनोद कटुवाल र राजमणी पोखरेल सूचीमा छन् ।

आदिवासी जनजाति महिलातर्फ मोरङकी ममता राजवंशी, ओखलढुंगाकी सुनिता बूढामगर, सुनसरीकी कल्पना लिम्बू र ओखलढुंगाकी निर्मला श्रेष्ठ समावेश छन् । 

आदिवासी जनजाति पुरूषतर्फ ताप्लेजुङका भरतकुमार श्रेष्ठ र दंगध्वज खोयाहाङ, भोजपुरका कृष्णकुमार राई तथा सोलुखुम्बुका पासाङ शेर्पा नेकपाको बन्द सूचीमा परेका छन् ।  

मधेसी पुरूषतर्फ मोरङका अभिमन्यू यादव नेकपाको समानुपातिक उम्मेदवार बनेका छन् । नेकपाले यसअघि सांसद वा मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने निर्णयअनुसार सबै नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सार्वजनिक गरेको बन्द सूचीमा पनि कोशी प्रदेशसँग सम्बन्ध जोडिएका उम्मेदवारहरूको संख्या उल्लेख्य छ । 

मोरङबाट डा. राम लामा, मिडमा ग्याबु शेर्पा, ज्ञानेन्द्र मल्ल, डा महेन्द्र लावती, मनकाजी श्रेष्ठ, आयुष मानन्धर, गंगा छन्त्याल, अनुष्का श्रेष्ठ, त्रिसाला गुरूङ, रजनी श्रेष्ठ, डा ओजश्वी शेरचन, मीरा महर्जन, तुलसा वाइवा, रञ्जु दर्शना र सुरेन्द्र चौधरी सूचीमा परेका छन् । उनीहरूको नागरिकता मोरङको भए पनि कतिपय मोरङका बासिन्दा भने होइनन् ।

सुनसरीबाट सिर्जना श्रेष्ठ, डा नन्दन यादव, पुरूषोत्तम यादव, डा रञ्जित पञ्जियार, डा ललिताकुमारी, मनिषाकुमारी, कामिनीकुमारी, प्रमिलाकुमारी सिंह र सम्झना पण्डित बन्द सूचीमा समावेश छन् ।

ताप्लेजुङबाट रमेश प्रसाईं र निर्मला खिम्दिङ, सोलुखुम्बुबाट उर्मिला चौधरी र करिश्मा कठरिया, ओखलढुंगाबाट प्रेमलाल चौधरी र समिउन निशा, पाँचथरबाट रूपक विश्वकर्मा घिमिरे, इलामबाट मिलन लिम्बू, झापाबाट टीका संग्रौला, खोटाङबाट सत्यकला राई र भोजपुरबाट गीता चौधरी रास्वपाको बन्द सूचीमा छन् ।

View : 200

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved