विराटनगर । विराटनगर–१६ दरैयास्थित महामाया भगवती आधारभूत विद्यालय परिसरमा पाँचदिने योग शिविर सोमबारबाट सुरु भएको छ ।
पतञ्जली योग महानगर समिति विराटनगरको आयोजनामा शिविर आयोजना गरिएको योग प्रशिक्षक मोहन पाण्डेले बताए । शनिबार (साउन ३ गत) समापन हुने सो शिविर महानगर समितिको ५८ औं पञ्चदिवसीय योग शिविर हो ।
सो शिविरको पतञ्जलीका आजीवन सदस्य एवम् कोशी प्रदेश सभा सदस्य भीम पराजुली र पतञ्जली महानगर अध्यक्ष शिल्पा प्याकुरेलले उद्घाटन गरेका थिए ।
View : 590
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved