Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

क्लोजअप नेपालको नजिक आउ वेब सिरिज सार्वजनिक

उद्घोष सम्वाददाता
४ फागुन २०८०, शुक्रवार

विराटनगर । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को अवसरमा नजिक आऊ वेब सिरिजको अन्तिम भाग सार्वजनिक गरेको छ । क्लोजअप नेपालले ‘भ्यालेन्टाइन्स डे’ को अवसरलाई लक्षित गरी नजिक आऊ वेब सिरिज सुरुवात गरेको हो ।

सो अभियानको लक्ष्य आपसी आकर्षणलाई सामिप्यतामा मिल्न प्रोत्साहन गर्नु रहेको बताइएको छ । एक ओरल केयर ब्राण्डको रुपमा स्थापित क्लोजअपले हरेक व्यक्तिलाई आत्मविश्वासका साथ आफना प्रियजनसँग नजिक हुन प्रेरित गरेको कम्पनीको दावी छ ।

यस अघि नै चार भिन्न कथाहरु फेसबुक, इन्स्टाग्राम, युट्युब तथा क्लोजअपको माइक्रोसाइटमा प्रकाशित गरिएको थियो । जसमा दर्शकहरुले व्यापक रुची देखाएको कम्पनीको दावी छ । ती ४ भागले एक करोड भन्दा माथि भ्यूज र ९७ लाखभन्दा माथि पोस्ट इन्गेजमेन्ट हासिल गरेको जनाइएको छ ।

साथै सो अभियानले सहभागीहरुको प्रेम कथालाई डिजिटल माध्यमबाट वास्तविकतामा प्रदर्शर्न गरेको छ । फेब्रअुरी १४ सम्म माइक्रोसाइटमा लेखिएका प्रेम कथाहरुलाई छानी सफलतापूर्वक देशभरका विभिन्न बिल बोर्डहरूमा प्रदर्शन गरिएको कम्पनीको भनाइ छ ।

View : 163

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved