Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चारजनाको सामूहिक हत्या

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनीषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको जनाइएको छ ।
उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । 

६८ वर्षीय बेल बहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, अन्दाजी १६ वर्षीया मनीषा गिरी र मनीषाको ९ वर्षीय भाइ सपन गिरीको हत्या भएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बेलबहादुर र मञ्जुसहित एकै घरभित्र एकै परिवारभित्रका चारजनाको हत्या भएको जानकारी दिए । 

ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनीषा र सालो सपनसहित चार जनाको हत्या गरेको प्रहरीले जनाएको छ । घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको जनाइएको छ ।

गए राती करीव १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकोले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रनाउ तिमिल्सिनाले बताए । घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 
View : 503

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved