Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

संस्कृति र रीतिरिवाजको संरक्षण गरेमात्रै सद्भाव र एकता मजबुत बन्छ : मुख्यमन्त्री कार्की

उद्घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । देशमा रहेको सबै संस्कृति र रीतिरिवाजको संरक्षण गरेमात्रै आपसी सद्भाव र एकतालाई मजबुत बनाउन सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

आज छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बुहभाषी, बहुजातीय तथा बहुसंस्कृति रहेको मुलुकमा भएका सबै संस्कृति संरक्षण गर्नु पर्ने उल्लेख गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले भने- 'सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न छठ पर्वका माध्यमबाट प्रेरणा मिल्नेछ भन्ने अपेक्षा गरेको छु ।'

अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरी मनाइने छठ पर्व  महत्वपूर्ण मौलिक पर्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने- 'हर्षोल्लासका साथ धुमधामसँग मनाइने यस पर्वले धर्म, संस्कृति एवम् रीतिरिवाजको संरक्षण गर्दै हामीबीचको आपसी सद्भाव र एकतालाई अभिवृद्धि गरेको छ ।'

छठ पर्वले समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति एवम् विस‌ङ्गतिको अन्त्य गरी समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गरे । 

सबै प्राणीहरुमा बिना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको पूजा आरधना गर्दै छठ पर्व मनाइन्छ । 

आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न गरिन्छ ।

View : 85

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved