विराटनगर । विराटनगरमा जारी एमबीएस एक्स्पोमा जुत्ताचप्पल उत्पादनमा २५ वर्षको अनुभव बटुलिसकेको हाइलाइफ फुटवेयरको स्टलमा उपभोक्ताको भिडभाड कुनै दिन पनि घटेन । आफ्ना उत्कृष्ट डिजाइन र विश्वासिलो उत्पादनका कारण हाइलाइफका जुत्ताचप्पल खोज्दै आउने उपभोक्ताहरूको कमी देखिएन स्टलमा ।
एक्स्पोको अवसरमा १० देखि २५ प्रतिशतसम्म छुट समेत दिएका कारण नेपाली जुत्ताचप्पल उद्योगको अग्रणी कम्पनी हाइलाइफले उपभोक्ताहरूको विश्वास पाउँदै गएको छ ।
रबरदेखि पियु सोलमा बच्चादेखि बृद्धसम्मलाई फिट हुने जुत्ता चप्पल बिक्री वितरण गर्दै आएको हाइलाइफका बजार व्यवस्थापक भुपराज पौडेलले बताए ।
एक्स्पोमा कम्पनीको मुल्यमा २५ प्रतिशतसम्म छुट दिइएका कारण एक पटक जुत्ता चप्पल खरिद गरिसकेका ग्राहकहरू फेरि फर्किएर खरिद गर्ने गरेको उनले दाबी गरे ।
बुढीगंगा–४ मा रहेको उद्योगमा थाइल्याण्ड, चाइना र हङकङको मोडलहरूबाट अत्याधुनिक मेसिनबाट जुत्ताचप्पल उत्पादन गर्दै आएको जनाइएको छ ।
हाइलाइफले स्पोर्टदेखि स्कुलका जुत्ता पनि उत्पादन गर्दै आएकोले जस्तोसुकै व्यक्तिका लागि जुत्ताचप्पल उपलब्ध हुने दाबी गरेको छ । एक्स्पोको स्टलमा अत्यधिक रुचाइएको जुत्ताचप्पल ब्राण्डका रुपमा स्थापित भएको जनाइएको छ ।
View : 143
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved