विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेका छन् । कांग्रेससँग चलिरहेको गठबन्धन तोडेर एमाले, रास्वपा र जसपासँगको नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीमा लामिछानेलाई सहज बनाइदिएका हुन् ।
बुधबार बालुवाटारमा बसेको गठबन्धन बैठकले रास्वपालाई गृहसहित चारवटा मन्त्रालय दिने निर्णय गरेको हो ।
रास्वपाको भागमा परेको चार मन्त्रालय मध्ये शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रीमा विराजभक्त श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका हुन् ।
त्यसैगरी नेकपा एमालेबाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको जनाइएको छ । एमालेले जम्मा आठवटा पाउने समझदारी भएको उपाध्यक्ष विष्णु पौडेलले बताए ।
सहमति अनुसार माओवादी केन्द्रबाट हाल गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने जनाइएको छ ।
अर्थमन्त्री पनि माओवादीले पाउने सहमति अनुसार त्यहाँ बर्षमान पुनलाई पठाउने जनाइएको छ ।
जनता समाजवादीले दुईवटा मन्त्रालय पाउने गठबन्धन बैठकमा सहमति भएको छ । जसपाले मन्त्रीको नाम टुंगो लगाउने बाँकी रहेको छ ।
प्रधानमन्त्री दाहालले सोमबार नै एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङलाई बिनाबिभागीय मन्क्री नियुत्त गरिसकेका छन् ।
गठबन्धनमा रहेका दलहरुले आजै बाँकी मन्त्रीहरुको नाम टुंगो लगाएर सपथ ग्रहण समेत गर्ने तयारी अघि बढाएको जनाइएको छ ।
View : 257
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved