Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

गोहीगाडा माविबाट ४२ विद्यार्थीको विदाइ, छात्राले मागे चेन्जिङ रुम

उद्घोष सम्वाददाता
२ चैत २०८०, शुक्रवार

विराटनगर । रंगेली नगरपालिका–१ स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाले शैक्षिक सत्र २०८० को कक्षा १० का विद्यार्थीहरुलाई बिहीबार विदाइ गरेको छ । विद्यालयले कक्षा १० मा अध्ययनरत ४२ जना विद्यार्थीहरुलाई विद्यालयबाट विदाइ गरेको हो ।

विदाई हुँदै छात्राहरुले विद्यालयमा ‘चेन्जिङ रुम’ को व्यवस्था गर्न विद्यालय प्रशासनसँग आग्रह गरेका छन् ।

उनीहरुले आफू अध्ययनरत रहेको समयमा भोग्नु परेको समस्या सुनाउँदै आगामी दिनमा अन्य छात्राहरुलाई समस्या नहोस् भनेर विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँलाई चेन्जिङ रुमको व्यवस्था गर्न आग्रह गरेका हुन् । 

छात्राहरु रन्जना खड्का, पिंकी धामी, निशा राजधामी र माधुरी उरावलगायतले चेन्जिङ रुम नहुँदा छात्राहरुलाई समस्या भएको गुनासो पोखेका थिए । 

विदाइका क्रममा बोल्दै छात्र विजयकुमार राया, नवराज बस्नेत लगायतले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले महत्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए ।

View : 274

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved