Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

१५औं प्याब्सन खेलकुद महोत्सव : चार विद्यालय सेमिफाइनलमा प्रवेश

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

विराटनगर । विराटनगरमा जारी १५ औं संस्करणको प्याब्सन खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगितामा मोरङका चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । 

विराटनगरस्थित सहिद मैदानमा बुधबार सम्पन्न खेलमा जित निकाल्दै ब्राइट फ्युचर, हरैंचा मोडल, वाल्मीकि र मोडर्न एरा स्कुल अन्तिम चारमा पुगेका हुन् ।

पहिलो खेलमा ब्राइट फ्युचर स्कुलले २–१ गोल अन्तरको जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । 

दोस्रो खेलमा हरैंचा मोडल स्कुलले ग्यालेक्सी स्कुललाई १–० गोलले पराजित गर्यो । त्यस्तै, तेस्रो खेलमा वाल्मीकि स्कुलले सिंहदेवी स्कुललाई ५–० को फराकिलो गोल अन्तरले निराश बनायो । 

अन्तिम खेलमा मोडर्न एरा स्कुलले पशुपति स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

फुटबल संयोजक हीरा थापाका अनुसार बिहीबार हुने पहिलो सेमिफाइनल खेल हरैंचा मोडल र वाल्मीकि स्कुलबीच हुनेछ । त्यस्तै, सोही दिन हुने दोस्रो सेमिफाइनल खेल ब्राइट फ्युचर र मोडर्न एरा स्कुलबीच हुनेछ ।

View : 101

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved