विराटनगर । आँखाको समस्याकै कारण हुने सडक दुर्घटना कम गर्न प्रदेशभरीका सवारी चालकको अनिवार्य आँखा जाँच गरिने भएको छ ।
नेपाल नेत्र ज्योति संघ कोशी प्रदेशको अगुवाईमा विराटनगर आँखा अस्पतालको आयोजनामा मुख्यमन्त्री कार्यालयमा भएको छलफलले कोशी प्रदेशमा विद्यमान दृष्टिदोषको उपचार गरी सोबाट हुने क्षति न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्ने बारेमा छलफल भएको हो ।
हालै सार्वजनिक गरिएको एक सर्भेक्षण अनुसार कोशी प्रदेशमा १ लाख ९ हजार ९४ जना व्यक्तिमा कुनै न कुनै फ्रकारका आँखासम्वन्धी रोगहरु छन् ।
सो कार्यक्रममा दृष्टिविहीन व्यत्तिको लागि कृक्रिम वौद्धिकता (एआई) जडित स्मार्ट दृष्टिचश्मा वितरण, आँखादान गर्न समाजमा जनचेतनामूलक कार्यत्रमको आयोजन, पहाडी जिल्लामा आँखा उपचार केन्द्रको स्थाफना तथा विद्यालयमा आँखाजाँच कार्यक्रम, नेत्र विशेषज्ञ तहको जनशत्तिको उपलब्धता तथा आँखाका रोगीहरुको लागि पर्यटन प्याकेजमार्फत प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गराउने लगायतका योजनाहरुबारे छलफल भएको छ ।
साथै सो योजनालाई अविलम्ब लागू गर्न ५ सदस्यीय समितिसमेत गठन भएको विराटनगर आँखा अस्पतालका व्यवस्थापक कुमार पृथूले बताए ।
कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव राधिका थपलिया, स्वास्थ्य निर्देशक ज्ञानवहादुर बस्नेत, नेपाल नेत्र ज्योति संघ कोशी प्रदेश तथा विराटनगर आँखा अस्पतालबाट श्यामसुन्दर उदास, पद्मनारायण चौधरी, द्रोण गुराँगाई, डा. ललित अग्रवाल, राजन श्रेष्ठ, सुधीर ठाकुर, रोशेष श्रेष्ठ, कुमार पृथू लगायतको उपस्थिति थियो ।
गत असोज पहिलो हप्ता नेपाल नेत्र ज्योति संघ कोशी प्रदेशको अगुवाईमा विराटनगर आँखा अस्पतालले कोशी प्रदेशमा आँखा रोगको बारेमा गरेको ‘रैव’ सर्भेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रदेशभरी आँखा रोगको अवस्थाबारे गरेका रैब (अन्धोपन निवारणका लागि द्रुत मापन सर्भेक्षण) को प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षण अनुसार कोशी प्रदेशमा करिव सभा लाख व्यक्तिमा आँखासम्वन्धी रोगहरु रहेकोमा दृष्टिविहिनताको प्रमुख कारणहरुमा ६० प्रतिशत मोतियाविन्दुको छ ।
प्रदेशबाट आँखा रोगलाई न्यूनीकरण गर्ने कार्यलाई मुर्तरुप दिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सभापतित्वमा शुक्रबार दोस्रो चरणको वैठक भएको हो ।
View : 396
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved