Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मानसरोवर कैलास जाने राजमार्ग अवरुद्ध

उद्घोष सम्वाददाता
८ भदौ २०८१, शनिवार

रसुवा, ८ भदौ । वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलास दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् । 

रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिए ।

यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन् ।

उनिहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिए ।

राजधानी काठमाडौँदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ । चाँडो राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी  दिए ।   रासस

View : 153

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved